काठमाडाैं- आगामी मंसिर १४ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये दुई उम्मेदवारको विरुद्धमा उजुरी परेको छ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार कपिलवस्तु जिल्ला शिवराज नगरपालिका–१० का वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार देवराज भारतीको विरोधमा स्वतन्त्र उम्मेदवार शिवभक्त ठाकुर (नाउ)को उजुरी परेको छ।
यस्तै पाँचथरको फिदिम नगरपालिका–१ का वडाध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक)का उम्मेदवार जानुका थाम्सुहाङको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मिलन गिरीको उजुरी दर्ता भएको छ।
आयोगका अनुसार कूल ३५ जिल्लाका ४४ स्थानीय तहमा विभिन्न ४८ पदको लागि उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।