एजेन्सी- चर्चित गायिका लता मंगेशकरकाे स्वास्थ्यमा सुधार आएको छ। बिहीबार अबेर तलकाे परिवारकाे तर्फबाट अनुशा श्रीनिवासले दिएको जानकारी अनुसार उनको स्वास्थ्यमा सुधार आएको हो।
'लता दिदीको स्वास्थ्यमा सुधार भइरहेको छ। आशा छ उहाँ छिट्टै निको हुनुहुने छ।' उनले भनिन्। बिहीबार गायिका लताका विषयमा सामाजिक सञ्जालमा अफाह फैलिए पछि लताकाे तर्फबाट श्रीनिवासले स्वास्थ्य अवस्थाबारे जानकारी गराएकी हुन्।
सोमबार छातीमा समस्या देखिएपछि उनलाई मुम्बाइको ब्रीच कैन्डी अस्पतालमा भर्ना गरिएको थियो। ९० वर्षिया गायिका लता भारतीय सिने जगतकी सर्वश्रेष्ठ गायिका हुन् भने उनी भारत रत्नद्वारा सम्मानित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।