काठमाडौं– नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले शुक्राबार चन्द्रागिरि हिल्स र पाटन दरबार स्क्वायर अवलोकन गर्दैछन्। स्वदेश फर्किनुअघि उनी चन्द्रागिरि हिल्स र पाटन दरबार स्क्वायर अवलोकन गर्न लागेका हुन्।
कार्यतालिकाअनुसार उनी बिहान ११ बजे चन्द्रागिरि र दिउँसो १ बजे पाटन दरबार स्क्वायर जाने छन्। समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणमा सदभावना भ्रमणका लागि गत मंगलबार काठमाडौं आएका राष्ट्रपति हमिदले यसअघि भक्तपुर दरबार स्क्वाय अवलोकन गरेका थिए।
बिहीबार पोखरा घुम्न गएका उनले बुधबार दिनभर उच्चस्तरीय भेटवार्ता गरेका थिए। राष्ट्रपति हमिद शुक्रबार अपराह्न करिब पाँच बजे स्वदेश प्रस्थान गर्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।