सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा पत्रकारीता गर्दै आएका पत्रकार चित्रकुमार मिजारलाई पैरवी पत्रकारिता पुरस्कारवाट सम्मान गरिएको छ । दश हजार राशीको उक्त पुरस्कारबाट शुक्रवार सम्मान गरिएकाे हाे ।
राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले मिजारलाई पुरस्कारवाट सम्मान गरेकी थिइन् ।
हरेक वर्ष दलित, पछाडी परेको बर्ग र सिमान्तकृत समुदायका लागि पत्रकारीता क्षेत्रवाट योगदान गरेका पत्रकारलाई यो पुरस्कारवाट सम्मानित गर्दै आएका छ । यो वर्ष मिजारलाई मिडिया एडभोकेसी फोरम नेपालले उक्त सम्मान गरेको हो । मोफसलमा पत्रकारीता गर्दै आएका मिजार गोरखापत्र दैनिकका संवाददाता हुन् । २०६० सालदेखि पत्रकारीतामा सक्रिय रहेका मिजार खोजमुलक र पीडितको आवाजको रुपमा भुमिका निभाएको भन्दै फोरमले सम्मान गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।