काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौलाको हेमोडायलासिस गराएका छन्।
यसअघि २ पटकसम्म मिर्गौलाको हेमोडायलाइसिस गराएका ओलीले शनिबार पुनः ग्रान्डी अस्पतालमा हेमोडायलासिस गराएका हुन्।
कात्तिक १२ र १३ मा गरिएको डायलाइसिसका क्रममा राखिएको स्टेन्ट निकालिएको हो।
मोडायलासिसपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्था प्रधानमन्त्रीको नीजि चिकित्सक दिव्या सिंह शाह, ग्रान्डीका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डे र युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका अध्यक्ष प्रा डा प्रेमराज ज्ञवालीले विज्ञप्ति प्रकाशित गरी उनको अवस्था राम्रो भएको जानकारी गराएका हुन्।
उपचार पश्चात् प्रधानमन्त्री निवास फर्कने जनाइएपनि शनिबार नै फर्कनेबारे उल्लेख गरिएको छैन।
शुक्रबारको मन्त्रिपरिषद्को बैठकमा उनले यसबारे जानकारी गराएका थिए।
प्रधानमन्त्री ओलीले १२ वर्ष अघि भारतमा फेरेको मिर्गौलाको फलाेअप यसअघि भारत र सिंगापुरमा गर्दै आएका थिए।
केही समयअघि प्रधानमन्त्रीको मिर्गौलामा क्रियटिनिनको मात्रा सिंगापुरमा उपचार गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।