काठमाण्डौ- काठमाडौँ महानगरपालिका– ३१ नयाँ बानेश्वरस्थित सडकमा बा ९१ प १७६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका चालक‚ बाजुरा दहकोट घर भएका ३२ वर्षीय गोकुलबहादुर रोकायाको सिभिल अस्पताल मिनभवनमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार उदयपुरका १९ वर्षीय प्रदीप मगरको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।