कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणी बजारनजिकै मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएकाे छ।
शनिबारराति करिब १० बजे अन्टेष्ट नम्बरको मोटरसाइकल बिग्रिएर रोकी राखेकाे ट्रकमा ठोक्किएर दुर्घटनामा परेकाे हाे।
दुर्घटनामा कृष्णपुर नगरपालिका–३ का २४ वर्षिय दिनेश राना र २० वर्षिय सुनिल रानाको मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्ष नैनबहादुर साउदले जानकारी दिए।
घाइते दुवैजनाको उपचारको क्रममा सेती अञ्चल प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएकाे हो। प्रहरीका अनुसार बिग्रिएर मर्मत गरिरहेको ट्रकको पछाडी मोटरसाइकल ठोक्किएकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।