काठमाडौं– भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भूमि समेटेको विषयमा नेपालमा यसको चौतर्फी विरोध भइरहेको छ। सरकारका मन्त्रीदेखि प्रतिपक्षी दल र तिनका भातृ संघसंस्थाले पनि भारतको विरोध गरेका छन्।
भारतको कदमलाई लिएर दैनिक प्रदर्शन हुँदै आएका छन्। समस्या समाधानका लागि पहल गर्नुको साटो सरकारका मन्त्रीहरूले भाषणमात्रै गर्दै हिडेंको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकै सांसदले असन्तुष्टि पोखेका छन्।
नेकपा सांसद रामकुमारी झाँक्रीले सीमाबारे सरकारका मन्त्रीले भाषण गर्दै हिड्ने कि त्यो देशको राजदूतलाई बोलाएर सोध्ने? भन्दै प्रश्न गरेकी छन्।
उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन्, ‘बक्तब्य निकाल्ने की? मन्त्रिपरिषदले तुरून्त आफ्नो राजदूत मार्फत ध्यानाकर्षण गराउने? कुटनीतिक पहल गर्न आफ्नो प्रतिनिधि पठाउने? वा हामी हाम्रो भूमि एक इन्च पनि मिच्न दिन्नौ भन्ने बेतुकको भाषण दिने?’
सिमाबारे सरकारका मन्त्रीले भाषण गर्दै हिड्ने की त्यो देशको राजदूतलाई बोलाएर सोध्ने?
बक्तब्य निकाल्ने की?मन्त्रिपरिषदले तुरून्त आफ्नो राजदूत मार्फत ध्यानाकर्षण गराउने?कुटनितीक पहल गर्न आफ्नो प्रतिनिधि पठाउने? वा हामी हाम्रो भूमी एक ईन्च पनि मिच्न दिन्नौ भन्ने बेतुकको भाषण दिने?
— Ram kumari Jhakri (@Jhakri_didi) November 17, 2019
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।