नयाँदिल्ली- भारतीय फिल्म इतिहासमा 'म्याग्नम ओपस'को उपाधि पाएको 'बाहुबली' फिल्म सिरिजले लन्डनमा आफ्नो सफलताको खुसीयाली मनाएको छ।
फिल्मका निर्देशक एसएस राजामौलीले ठूलो केक काट्दै आफ्नो फिल्मको टिमसँग छुट्टीका क्रममा फिल्मको खुसीयाली मनाएका हुन्।
फिल्मले विश्वव्यापी कमाइ ९२५ भारू पुगेको छ। यो कमाइ हालसम्म कुने पनि भारतीय फिल्मले गरेको सर्वाधिक कमाइ हो। लन्डनमा फिल्मको विशेष प्रदर्शनी पनि राखिएको थियो। प्रदर्शनीमा फिल्मका कलाकार राणा दग्गुबत्ती तथा तमन्ना भाटिया सहभागी थिए। फिल्मका दुवै शृंखला पाँच वर्षमा पूरा गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।