काठमाडाैं- राष्ट्रिय कर दिवसकाे अवसरमा धेरै कर तिर्नेहरूलाई सम्मान गरिएकाे छ। काठमाडाैंमा आइतबार भएकाे कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले उनीहरूलाई सम्मान गरेका हुन्।
सबैभन्दा धेरै कर तिर्नेमा सूर्य नेपाल प्रालि, निर्यातकर्ता कम्पनीबाट सबैभन्दा ठूलो करदातामा डाबर नेपाल, मदिरा र चुराेटबाहेक धेरै आयकर तिर्नेमा जगदम्बा स्टिल, कृषितर्फ बढी कर तिर्नेमा अन्नपूर्ण एग्राे रहेका छन्।
यसैगरी सहकारी र लघुवित्ततर्फ छिमेक लघुवित्त वित्तीय संस्था, बैंकतर्फ राष्ट्रिय वाणिज्य बैंक, बीमा व्यवसायतर्फ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन्। स्वास्थ्य शिक्षामा मणिपाल नेपाल, सूचना सञ्चारमा वर्ल्डलिंक कम्युनिकेसन, व्यापार व्यवसायमा अग्नि इन्कर्पोरेट, पर्यटन व्यवसायमा तारागाउँ रिजेन्सी होटल रहेका छन्।
व्यक्तिगत ठूला करदातातर्फ सिद्धार्थ शमशेर जबरा, मध्यमस्तरीय करदाता सेवा कार्यालयबाट कर बुझाउने सबैभन्दा उत्कृष्ट करदाता कामना सेवा विकाश बैंक र मूल्य अभिवृद्धि करतर्फ समयमा सबै विवरण बुझाउनेमा उत्कृष्ट करदाता घोराही सिमेन्ट रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।