काठमाडाैं- भारतले सीमा अतिक्रमण गरेकाे विरोधमा काठमाडाैंमा प्रदर्शन गर्ने क्रममा नेविसंघका कार्यकर्ता पक्राउ परेका छन्।
लैनचाैरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने क्रममा नेविसंघका आधा दर्जन कार्यकर्ता प्रक्राउ परेका हुन्।
सीमा अतिक्रमणको विरोधमा भारत विरोधी नारा लगाएका उनीहरुलाई पक्राउपछि सोह्र खुट्टेस्थित प्रहरी वृत्तमा राखिएको छ।
पक्राउ पर्नेहरुमा नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीसहित मनिस सिम्खडा, दिपक ओझा, सन्तोस पाण्डे, सरोज थापालगायत रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।