काठमाडाैं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक अपराह्न ४ बजे बस्ने भएको छ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्ने बताइएको छ।
स्वास्थ्य उपचारको लागि आराम गर्नुपर्ने भएकाले प्रधानमन्त्री ओलीले रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने विषयमा पनि छलफल हुने बताइएको छ।
प्रधानमन्त्री ओलीले शनिबार हेमोडायलासिस गरि अस्पतालबाट फर्केका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।