काठमाडौं– पर्साको पटेर्वासुगौली गाउँपालिका–१ रामभवरेको एक बाख्रागोठमा आगलागी हुँदा ठूलो संख्यामा बाख्राका पाठापाठी जेलेका छन्।
इदु मिया धुनियाको बाख्रा गोठमा आगलागी गए राति आगलागी भएको थियो।
आगोमा परेर बाख्राका ५४ वटा पाठापाठी जलेर मरेका हुन्। जसमा भारतको महाराष्ट्रबाट ल्याइएका २ वटा उन्नत जातको बोका पनि जलेरे मरेको पर्सा प्रहरीले जनाएको छ।
त्यस्तै ५० वटा परेवा पनि जलेर मरेका छन्। ५ वटा बाख्रा भने घाइते भएको प्रहरीले जनाएको छ। आगलागीबाट १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। मध्यरातमा लागेको आगो प्रहरी र स्थानीयले राति ३ बजे निभाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।