काठमाडौं- कुवेतस्थित थुनामा रहेका २१ जना नेपाली श्रमिकहरुलाई तत्काल नेपाल फर्काउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।
संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबारको बैठकले कुवेतस्थित थुनामा रहेका २१ जना नेपाली श्रमिकहरुलाई तत्काल स्वदेश फर्काउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो।
रोजगारीको सिलसिलामा अवैधानिक रुपमा कुवेत पुगेका २१ जना नेपाली श्रमिकहरुलाई कुवेत सरकारले थुनामा राखेको छ।
उनीहरुलाई उद्धारको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको समितिले जानकारी दिएको छ।
उनीहरुलाई अवैध रुपमा कुवेत पुर्याउने म्यानपावर कम्पनीहरुलाई कारबाही गर्नसमेत समितिले सरकारलाई निर्देशन दिएको हो। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।