नाइट क्लबमा पूर्वराजा र हिमानीको 'सरप्राइज इन्ट्री', यसरी नाचे [भिडियाे/तस्बिर]

नेपाल लाइभ | २०७६ मङ्सिर २ सोमबार | Monday, November 18, 2019 ०७:४३:०० मा प्रकाशित

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले प्रायः युवाहरू मात्र पुग्ने ठमेलस्थित एक नाइट क्लब पुगेर सबैलाई 'सरप्राइज' दिएका छन्।

पूर्वराजा शाह ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) पुगेका हुन्।

पूर्वराजा शाह एलओडीमा पुग्दा त्यहाँ उपस्थित युवाहरू आश्चर्यचकित बनेका थिए।

रातो र चन्द्र सूर्य गीतसँगै नाचेर पूर्वराजा शाहले अर्को सरप्राइज पनि दिए।

पूर्वराजा शाहले त्यहाँ उपस्थित युवाहरूसँग तस्बिर र सेल्फी पनि खिचाएका थिए।

उनका साथमा हिमानी शाह पनि उपस्थित थिइन्।

 

तस्बिर र भिडियोः एलओडी