जनकपुर- जनकपुरधाम उपमहानगरपालिका- ७ मा रहेका करिब एक दर्जन मदिरा पसलहरूमा ताला लगाइएको छ। उपमहानगरपालिकाकी उपमेयर रिता मिश्रको उपस्थितिमा वडाध्यक्ष जानकी राम साहको नेतृत्वमा गएकाे टाेलीले गैरकानूनी रुपमा संचालनमा रहेका करिब एक दर्जन मदिरा पसलमा ताला लगाएकाे हाे।
एक वर्षअघि नै सबै मदिरा पसलका संचालकसँग गैरकानूनी रुपमा पसल संचालन गर्न नपाइने विषयमा छलफल भएकाे साहले जानकारी दिए। 'हाम्रो ७ नं वडा परिक्रमा क्षेत्रभित्र कसैलाई मदिरा बेच्ने लाइसेन्स छैन' साह भन्छन, 'कानून विपरीत रहेको पसलमा सरोकारवाला निकायहरुको उपस्थितिमै ताला लगाइएकाे हाे।'
उनका अनुसार कार्तिक ३० सम्म्मको अन्तिम समय स्वयं पसल संचालकहरुले मागेकाे समय हाे। मागेकाे समयसम्म पनि पसल बन्द नगरेपछि आज बाध्य भएर बन्द गर्नु परेको साहले जानकारी दिए।
ताला लगाउने क्रममा महिलाहरुको उल्लेख्य उपस्थिति रहेको थियो। महिला नेत्रीहरुले 'परिक्रमा क्षेत्र भित्र मासु, मदिरा बन्द गर जस्ता नारा लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।