काठमाडौं- एसिसी इमर्जिङ टिम्स कप क्रिकेटमा बंगलादेशविरुद्ध नेपालको खराब ब्याटिङको निरन्तरता देखिएको छ। २७ ओभरको खेल सकिँदा ७ विकेट गुमाएर नेपालले ८१ रन बनाएको छ। बिनोद भण्डारी र सोमपाल कामी क्रिजमा छन्।
ओपनिङमा आएका कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल चल्न नसक्दा मध्यक्रममा पनि ब्याटिङ राम्रो हुन सकेन।
३३ रनमा बिना विकेट खेलिरहेको नेपालको ३५ रन पुग्दा ३ विकेट गइसकेको थियो। ओपनिङमा आएका कुशल भुर्तेलले २२ बलमा १० रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले २७ बल खेलेर २२ रन बनाए। यसअघि भारत र हङकङसँग रन बनाउनै नसकेका ज्ञानेन्द्रले बंगलादेशविरुद्ध पनि समालिन सकेनन्।
यस्तै तेस्रो क्रममा ब्याटिङमा आएका शरद भेषावकर ६ बल खेलेर १ रनमै आउट भए। दिपेन्द्र सिंह ऐरीले १२ बलमा ६ रन बनाउँदा आरिफ शेख ३९ बल खेलेर ११ रनमा आउट भए।
यसअघि लयमा देखिएका पवन सर्राफ पनि बंगलादेशविरुद्ध चल्न सकेनन्। उनले ३९ बलमा ११ रन मात्रै बनाए। दुई खेलपछि अवसर पाएका सन्दीप जोरा शून्यमै आउट भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।