नयाँदिल्ली– एसए बोबडेले भारतको ४७ औं प्रधानन्यायाधीशका रुपमा पदको शपथ लिएका छन्। उनले राष्ट्रपति रामनाथ कोविन्द समक्ष शपथ लिएका हुन्।
राष्ट्रपति भवनको दरबार हलमा आयोजित कार्यक्रममा उनले शपथ दिएका हुन्। ६३ वर्षिय बोबडेले अंग्रेजी भाषामा शपथ लिएका थिए।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति एम वेन्कैया नायडू, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहलगायत उपस्थित थिए।
३ अक्टोबर २०१८ मा कार्यभार सम्हालेका भरतका ४६ औं प्रधानन्यायाधीश रञ्जन गोगाईले आइतबार अवकाश लिएका थिए।
उनले १८ अक्टोबरमा आफ्नो उत्तराधिकारीको रुपमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश बोबडेलाई प्रधानन्यायाधीशका रुपमा सिफारिस गरेका थिए। बोबडे १८ महिनापछि २३ अप्रिल २०२१मा सेवानिवृत हुने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।