काठमाडौं- पाकिस्तान सुपर लिग (पीएसएल) ले आज सार्वजनिक गरेको विदेशी खेलाडीको ड्राफ्टमा नेपालका सात खेलाडी परेका छन्।
पीएसएलले सोमबार सार्वजनिक गरेको सिल्भर क्याटेगरीको विदेशी कोटामा नेपालका पूर्वकप्तान पारस खड्कासँगै दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, शरद भेषावकर, रोहित कुमार पौडेल, आरिफ शेख र सोमपाल कामी परेका हुन्।
नेपालका सन्दीप लामिछाने भने यसअघि नै प्लाटिनियम क्याटोगरीमा परेका छन्।
सिल्भर क्याटगरीमा परेका खेलाडीले न्युनतम १५ हजार अमेरिकी डलरदेखि ३५ हजार अमेरिकी डलर पाउने छन्। त्यस्तै, सन्दीप रहेको प्लाटिनियम क्याटगरीका खेलाडीले न्युनतम १ लाख ४७ हजार अमेरिकी डलरदेखि २ लाख १८ हजार डलसम्म पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।