नक्कली प्रमाणपत्र पेस गरी जागिर खाने गोरखापत्रका पत्रकार अख्तियारको फन्दामा

नेपाल लाइभ | २०७६ मङ्सिर २ सोमबार | Monday, November 18, 2019 १८:०९:०० मा प्रकाशित

काठमाडौं- गोरखापत्र संस्थानमा नक्कली प्रमाण पत्र पेस गरी जागिर खाने पत्रकार बासुदेव पोखरललाई अख्तियार दुरुपयोग अनुसन्धान अयोगले भष्ट्राचार गरेको आरोपमा मुद्दा दायर गरेको छ।

संस्थानका तत्कालीन उप-सम्पादक (तह-७) पदमा कार्यरत बासुदेव पोखरेलले स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाई सेवा प्रवेश तथा बढुवा समेत भएको अख्तियारले जनाएको छ।

पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहको नक्कली प्रमाणत्र पेस गरी गोरखापत्र संस्थानमा सेवा प्रवेश तथा स्तर वृद्धिसमेत भई भ्रष्टाचार गरेको अभियोगपत्रका उल्लेख छ।

साथै त्रिभुवन विश्वविद्यालयका तत्कालीन परीक्षा प्रशासन महाशाखा प्रमुख बैकुण्ठ प्रसाद थपलियाले समेत गलत मनसायका साथ प्रमाणीकरण गरेको देखिएकोले निजलाई समेत अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।