नेपाल लाइभ समाचार [भिडियो]

नेपाल लाइभ | २०७६ मङ्सिर २ सोमबार | Monday, November 18, 2019 १९:४८:०० मा प्रकाशित

काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः

१) नेकपा सचिवालय बैठकको सैद्धान्तिक सहमतिपछि मन्त्रिपरिषद् पुनर्गठनको तयारी अन्तिम चरणमा, बहालवाला मन्त्री र आकांक्षीको दौडधुप तीव्र ।

२) ६ प्रतिशत बढ्यो बैंकहरूको नाफा, राजस्व संकलनमा सरकारलाई गम्भीर धक्का लाग्ने संकेत, केही बैंकको नाफामा सुधार, केही कमजोर ।

३) बजार अनुगमनका क्रममा गायब बनाइएको सुन वाणिज्य विभागका पूर्वकर्मचारीसँगै, आफूसँग भएको सुन फिर्ता गर्न तयार रहेको भन्दै विभागका कर्मचारीलाई फोन । 

४) नेपाललाई ८ विकेटले पराजित गर्दै बंगलादेश एसिसी इमर्जिङ टिम्स कपको सेमिफाइनलमा, कप्तान ज्ञानेन्द्र तीनै खेलमा असफल, कमजोर ब्याटिङको निरन्तरता ।

५) र, महंगो भएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाद्वारा प्याज नखाने घोषणा, प्रतिकिलो २ सय ६० टाका, सहुलियतको प्याज किन्न घन्टौं लाइनमा सर्वसाधारण ।

पूरा समाचार माथिको भिडियोमा