काठमाडौं- २०२० मा हुने युरो कप फुटबलका लागि स्पेनको प्रशिक्षकमा लुुइस इनरिक नै फर्कने भएका छन्। पारिवारिक कारणले गएको जुनमा इनरिकले प्रशिक्षकबाट राजीनामा दिएपछि रोबर्ट मोरेनो स्पेन टिम सम्हालिरहेका थिए।
स्पेनिस फुटबल फेडेरेसनले नै इनरिकसँग युरो कपमा प्रशिक्षण लागि कुरा गरिरहेको बताइएको छ। अहिले छलफल चलिरहेको र एक-दुई दिनमा नै निर्णय हुने बताइएको छ। इनरिकको चाहना पनि प्रशिक्षकमा फर्कने नै रहेकाले उनी आउने पक्का भएको स्पेनिस सञ्चार माध्यममा खबर छन्।
इनरिक टिमको प्रशिक्षकका रुपमा फर्कने हो भने खुला मनले स्वागत गर्ने हाल प्रशिक्षण गरिरहेका मोरेनोले बताएका छन्। आफ्नी छोरीको निधनपछि इनरिक प्रशिक्षकबाट हटेका थिए। त्यही बेला नै मोरेनोले आफूले इनरिककै लागि मुख्य प्रशिक्षकमा काम गर्ने बताएका थिए।
युरो कपमा छनोट भइसकेको स्पेनले सोमबार राति भएको छनोटको खेलमा रोमानियालाई ५-० ले हराएको थियो। जसमा जेरार्ड मोरेनोले दुई गोल गरेका थिए भने रुइज पेना, एड्रियन रुस र मिकेल ओरजाबलले एक-एक गोल गरेका थिए।
छनोटको समूह ‘एफ’ मा रहेको स्पेन १० खेलमा ८ मा जित र दुई बराबरी खेल्दै समूह विजेताका रुपमा युरो कपमा पुगेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।