सदूरपश्चिममा भूकम्पको धक्का

नेपाल लाइभ | २०७६ मङ्सिर ३ मंगलबार | Tuesday, November 19, 2019 १९:४३:०० मा प्रकाशित

कैलाली- सुदूरपश्चिमका केही क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। 

कैलालीको धनगढी आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको हो।

मंगलबार बेलुका ७ बजेर १९ मिनेटमा सुदूरपश्चिममा भूकम्पको धक्का महसुस भएको हो।

ठूलो भूकम्पको धक्का महसुस भएपछि मान्छेहरु घरबाट निस्किएका थिए। 

बझाङको पौवागडी केन्द्रबिन्दु भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ।