बझाङ केन्द्रबिन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प

नेपाल लाइभ | २०७६ मङ्सिर ३ मंगलबार | Tuesday, November 19, 2019 १९:५५:०० मा प्रकाशित

बझाङ- बझाङको पौवागडी केन्द्रबिन्दु भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको छ।

मंगलबार बेलुका ७ बजेर १९ मिनेटमा सो स्थानमा केन्द्रबिन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ।

तर अमेरिकी भूकम्प मापन केन्द्र युएसजिएसले भने ५ दशमलव ३ रिक्टर स्केलको भूकम्प डोटी सदरमुकाम दिपायलबाट २५ किलोमिटर आसपास केन्द्रबिन्दु भएर उल्लेख गरेको छ।

उसले १ दशमलव ३ किलोमिटर गहिराईबाट भूकम्प गएको जानकारी दिएको छ।

भूकम्पको धक्का सुदूरपश्चिमका प्राय सबै जिल्लामा महसुस गरिएको थियो। 

सुदूरपश्चिम प्रदेशका साथै कर्णाली र प्रदेश ५ मा पनि भूकम्पको धक्का महसुस गरिएको छ।

यसका साथै भारतका उत्तराखण्ड उत्तर प्रदेश र दिल्ली सम्म पनि भूकम्पको धक्का महसुस गरिएको सामाजिक सञ्जालमा स्टाटस अपडेट गरिएका छन्।

ठूलो भूकम्पको धक्का महसुस भएपछि मान्छेहरु घरबाट निस्किएका थिए। 

भूकम्पका कारण अछाम सदरमुकाम साँफेबगरमा एक घर भत्केको रेडियो साँफेबगरले जनाएको छ। 

क्षतिको थप विवरण प्राप्त भएको छैन।