काठमाडौं- नेपाल एसबिआई बैंक लिमिटेडले आफ्ना सेयर धनीहरूलाई १० दशमलव ८४ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर लाभांश बाढ्ने भएको छ।
बैंकको चुक्ता पुँजीको १० दशमलव ८४ प्रतिशत अर्थात ९१ करोड ६० लाख ७६ हजार ६ सय ३६ रुपैयाँ नगद लाभांश र चुक्ता पुँजीको ६ प्रतिशत हुने ५० करोड ६९ लाख ५५ हजार रुपैयाँ बराबरको बोनस सेयर बाँढ्ने छ।
बैंकको गत असोज १२ गते बसेको ४४१ औं संचालक समिति बैठकले उक्त लाभांश वितरणका लागि प्रस्ताव गरेको थियो। मंसिर २९ गते तय भएको बैंकको २६ औं वार्षिक साधारण सभामा उक्त प्रस्ताव स्वीकृतीका लागि पेस गरिनेछ।
चुक्ता पुँजी वृद्धिका लागि बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि साधारण सभामा पेस गरिने छ। आर्थिक वर्ष २०७५/७६ मा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ करोड ५७ लाख ६९ हजार ८ सय ४१ रुपैयाँ बराबर खर्च गरेकोमा सो रकमलाई अनुमोदन गर्ने प्रस्ताव पनि साधारण सभाको छलफलको विषयमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।