काठमाडौं– हंगेरीलाई २–० गोलअन्तरले पराजित गर्दै वेल्स युरो कप फुटबलमा छनोट भएको छ। मंगलबार राति समूह ‘ई’मा भएको खेलमा वेल्सले हंगेरीलाई पराजित गर्न सफल भएको हो।
यो जितसँगै वेल्स समूह ‘ई’को उपविजेता बन्दै युरो कप २०२० मा छनोट भएको हो। वेल्सलाई युरो कपमा छनोट गराउन आरोन राम्सीले दुबै गोल गरे।
उनले खेलको १५औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। राम्सीकै गोलमा वेल्सले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो।
खेलको ४७औं मिनेटमा राम्सीले अर्को गोल थप्दै २–० गोलको जित दिलाए। ८ खेलमा ४ खेलमा जित २ खेलमा हार र २ खेलमा बराबरी खेलेको वेल्सले १४ अंक बनाएर छनोट चरण पार गरेको हो।
समान ८ खेलबाट ५ खेलमा जित, २ खेलमा बराबरी र १ खेलमा हार ब्यहोरेको क्रोएसियाले १७ अंक बनाएर शीर्ष स्थानमा रहँदै युरो कपमा छनोट भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।