काठमाडौं– एनआईसी एशिया बैंकले बैंकद्वारा सञ्चालित “सुपर चमत्कारिक रिकरिङ्ग निक्षेप खाता”को नाम मात्र परिर्वतन गरिएको जनाएको छ। बैंकले बुधबार विज्ञप्ति जारी गर्दै आफ्ना ग्राहकहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्वेश्यले सञ्चालित उक्त खाताकाे नाम मात्रै परिवर्तन गरी “सुपर चमत्कारिक मासिक निक्षेप खाता” योजना सार्वजनिक गरेको जानकारी गराएको छ।
नागरिकलाई बुझ्न र बुझाउन सजिलाेकाे लागि “सुपर चमत्कारिक रिकरिङ्ग निक्षेप खाता”को नाम परिर्वतन गरिएकाे जानकारी गराएकाे हाे। “सुपर चमत्कारिक मासिक निक्षेप खाता”का बिषयमा सञ्चारमाध्यमहरुमा प्रकाशित समाचार प्रति बैंकको ध्यानाकर्षण भएको बैंकले जनाएको छ।
विगत २२ वर्षदेखि ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले मंगलबार “सुपर चमत्कारिक मासिक निक्षेप खाता”को नाम परिर्वतन गरेको थियो। बैंकका अनुसार रिकरिङ्ग निक्षेप एक विशेष प्रकारको मुद्दती निक्षेप योजना हो।
जसमा ग्राहकलाई आफ्नो भविष्यको विभिन्न योजनाहरुको लागि चाहिने वित्तिय श्रोत जुटाउनका लागि मासिक रुपमा किस्ताको हिसाबले उक्त खातामा जम्मा गरी चाहिएको रकम जम्मा गर्न सकिने बैंकले जनाएकाे छ।
बैंकले सार्वजानिक गरेको “सुपर चमत्कारिक खाताहरु” अन्तर्गत उक्त “सुपर चमत्कारिक मासिक निक्षेप खाता” बचत खाता नभई एक विशेष प्रकारको मुद्दती खाता भएकोले ग्राहकले ३ महिनादेखि १० वर्षसम्मको लागि आफ्नो आवश्यकताअनुसार खाता खोल्न र मुद्दती निक्षेपकै ब्याज आर्जन गर्न सक्ने बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।