काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ।
आजै मन्त्रिपरिषद् पुनर्गठनको तयारीका बीच सचिवालय बैठक बसेको हो। बिहान ९ बजेका लागि बोलाइएको बैठक दिउँसो साढे १२ बजेका लागि सारिएको थियो। तर, अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका कारण सचिवालय बैठक आधा घण्टा ढिलो सुरु भएको हो।
झलनाथ खनाल र ईश्वर पोखरेल भने बैठकमा सहभागी भएका छैनन्।
सचिवालय बैठकले पदमुक्त हुने मन्त्रीहरु र नयाँ आउने मन्त्रीहरुको नाममा सहमति जुटाएपछि आजै सपथ ग्रहण सम्पन्न हुने बालुवाटार स्रोतले जानकारी दिएको छ।
गत आइतबारको सचिवालय बैठकले प्रधानमन्त्रीलाई मन्त्रिपरिषद् पुनर्गठनको लागि सैद्धान्तिक सहमति दिएको थियो।
मंगलबारको मन्त्रिपरिषद् बैठकमा भने प्रधानमन्त्री ओलीले आफूले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।