काठमाडौं– शिवमाया तुम्बाहाङ्फेले तत्काल मन्त्री बन्न अस्वीकार गरेकी छिन्।
मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान तुम्बाहाङ्फेसँग भेट गरेर पदबाट राजीनामा दिन आग्रह गरेका थिए। विकल्पमा उनले मन्त्री पद देखाएका थिए।
तर तुम्बाहाङ्फेले अस्वीकार गरिन्। 'अहिले संसद खालि राखेर म मन्त्री बन्दिनँ', उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, 'पछि विचार गरौंला।'
यद्यपि, केही समयपछि उनी मन्त्री बन्ने कुरामा भने लगभग सहमति जुटेको छ। प्रधानमन्त्रीसँग उनकै नेतृत्वमा संसद बोलाउने पनि सहमति भएको छ।
सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासमा पदबाट बाहिरिएपछि तुम्बाहाङ्फेलाई पनि राजीनामा दिन लगाई नयाँ व्यक्तिहरु ल्याउने चर्चा चलेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।