विरगञ्ज – नेपाली काँग्रेस नेता ओमप्रकाश शर्मा र वीरगञ्ज नगर सभापति भोला कलवारबीच हातपात भएको छ।
नगर सभागृहको जग्गा मिचोर निजी होटल बनाइएको विषयमा विवाद बढ्दै गएपछि बुधबार विहान वीरगन्जको आदर्शनगरस्थित बब्लु टी स्टल नजिकै शर्मा र कलवारबीच कुटाकुट भएको बताइएको छ।
‘नियम कानुन मिचेर होटल बनाइको विषयमा विरोध गर्दा नगर सभापति ममाथि जाइलागेका हुन्’ प्रदेशसभा सदस्य समेत रहेका शर्माले नेपाल लाइभसँग भने, ‘जनप्रतिनिधीका रुपमा मैले अन्याय भएको ठाउँमा बोल्नुपर्छ भनेर बोलेको हुँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।