काठमाडौं– इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले जाडोलाई लक्षित गरी विभिन्न किसिमका घरायसी सामग्रीहरु बजारमा ल्याएको छ।
सिजीले रुम हिटर, हेलोजिन हिटर, फ्यान हिटर, इलेक्ट्रीक तथा ग्याँस गिजर, वाटर डिस्पेन्सर, इलेक्ट्रीक केटल, हटपट, भ्याकुम फ्ल्यास र थर्मसहरुको नयाँ तथा पुराना उत्पादन बजारमा ल्याएको हो।
रुम हिटर र हेलोजिन हिटर नयाँ स्वरुप र आकर्षक रंगहरुमा ल्याएको कम्पनीको दाबी छ। साथै सिजीले जाडोमा पनि सहजैसँग नुहाउन सकिने ग्यास गिजार र इलेक्ट्रीक गरी दुई किसिमका गिजरहरु बजारमा ल्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।