नवाजुद्दिनलाई कायल पार्ने महिला को हुन् ?

नेपाल लाइभ | २०७४ भदौ १६ शुक्रबार | Friday, September 01, 2017 १२:०४:०० मा प्रकाशित

एजेन्सी- बलिउडले एउटा युगपछि नवाजुद्दिन सिद्दकीलाई राम्ररी चिन्यो। थुप्रै वर्ष नवाजले सानोसानो भूमिका गरेर बलिउडमा संघर्ष गरिरहे। अन्तत: आज उनी बलिउडको एउटा गर्विलो अनुहार बनेका छन्। 

उनको अभिनयबाट सबै कायल छन्। अभिनयबाट सबैलाई कायल पारेका नवाजले भने आफूलाई  कायल बनाउने एउटी महिलाबारे रहस्य खोलेका छन्।

उनले फिल्ममा गरेका सिनहरूको नेपथ्यको कथा सुनाउने क्रममा सोको खुलासा गरेका हुन्। उनलाई अभिनेताका रूपमा चिनाउनै फिल्म नै 'ग्याङ्स अफ वासेपुर' हो। फिल्ममा उनले नायिकालाई यौन इच्छा व्यक्त गर्ने सिन छ। सो सिन फिल्ममा पहिले थिएन। नवाजले निर्देशक अनुरागलाई सब घटना सुनाएपछि फिल्ममा समेटिएको हो। सो दृश्यको घटना उनको जीवनमा वास्तविक रूपमै भएको थियो।

संघर्षका बेला उनले फिल्मको सो डायलग साँच्चिकै भनेका थिए, जसलाई सुनेपछि ती महिलाले नवाजको सात्तो लिएकी थिइन्। त्यो सम्झिँदा नवाजलाई आज पनि डर लाग्छ। उनी आज पनि ती महिलासँग डराउँछन्। ती महिला हाल मुम्बईमा रहेको उनले खुलासा गरेका छन्।