काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) सुरु हुन ११ दिन मात्र बाँकी छ। १३ औँ साग नजिकिदै गर्दा रंगशाला तयार पार्ने चटारो पनि बढ्दो छ। विशेष त उद्घाटन हुने दशरथ रंगशालाले सबैको ध्यान तानेको छ।
रंगशालाको भिआइपी प्याराफिटको छाना हाल्ने काम बुधबारदेखि सुरु गरिएको छ।
काममा तालमेल बिग्रिएर डिजाइनभन्दा ठूलो छाना चीनबाट आएपछि छाना राख्ने भाग बढाएर हाल्न थालिएको हो। छाना हालिसकेपछि भिआइपी प्याराफिटमा कुर्सी हाल्ने काम हुनेछ।
साधारण प्याराफिटतर्फको कुर्सी भने जडान गरिसकेको छ। यी बाहेक रंगशालामा अझै धेरै काम सकिन बाँकी नै रहेको छ। साउण्ड सिस्टमदेखि डिस्प्ले राख्नेसम्मको काम बाँकी नै छन्।
अहिले झट्ट हेर्दा रंगशाला आहा ! भन्ने देखिए पनि सबै काम सक्न भने समय लाग्ने भएको छ।
रङरोगनबाट सिगारिँदै गएको रंगशालाको वास्तविक रुप भिआइपीतर्फको छाना र कुर्सी राखिसकेपछि देखिने छ।
मंसिर १५ देखि २४ गतेसम्म हुने १३औं सागको उद्घाटन र समापन यही दशरथ रंगशालामा हुनेछ ।
निर्माणाधिन अवस्थामा रहेको रंगशालाको केही तस्बिर-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।