काठमाडौं- पाकिस्तान भारतलाई पराजित गर्दै एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
बुधबार (आज) भएको पहिलो सेमिफाइनलमा पाकिस्तानले भारतलाई ३ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। २७८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २६४ रन मात्रै बनाउन सक्यो।
भारतका लागि सानभिर सिंहले ७६, रवि शरदले ४७ र अर्मान जफरले ४६ रन बनाएपनि पाकिस्तानलाई पराजित गर्न सकेनन्।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २६७ रन बनाएको थियो।
पाकिस्तानका लागि ओमाइर युसुफले ६६, सइफ बदारले ४७ र हइदर अली खानले ४३ रनको योदान दिए।
अब पाकिस्तानले उपाधिका लागि बंगलादेश र अफगानिस्तानबीचको विजेतासँग खेल्नेछ।
आयोजक बंगलादेश र अफगानिस्तानबीचको दोस्रो सेमिफाइनल भोलि (बिहीबार) हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।