काठमाडौं- निजी हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले चीनको गुइयाङमा उडान सुरु गरेको छ।
एयरलाइन्सले हिजो मंगलबारबाट गुइयाङको नियमित उडान सुरु गरेको एयरलाइन्सले जानकारी दिएको छ।
एयरलाइन्सले गत अक्टोबर २७ बाट नै चीनको बेजिङको डासिङ विमानस्थलमा उडान सुरु गरेको थियो।
एयरलाइन्सले सातामा एउटा उडानबाट गुइयाङमा सेवा सुरु गरेको हो।
चार जहाजमार्फत् एयरलाइन्सले सेवा दिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।