काठमाडौं- न्याय परिषदले उच्च अदालतका ८ न्यायाधीशको सरुवा गरेको छ।
बुधबार बसेको न्याय परिषदको बैठकले विभिन्न अदालमा कार्यरत रहेका न्यायाधीशहरुको सरुवा गरेको हो।
सरुवा हुनेमा प्रकाशचन्द्र गजुरेल, शिवनारायण यादव,विनोद शर्मा, कृष्ण गिरी,रमेशकुमार खत्री, रवि शर्मा, जनक पाण्डे, र राजेशकुमार काफ्ले छन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बसेको परिषद् बैठकले यस्तो निर्णय गरेको हो।
राणा प्रधानन्यायाधीश भएपछि दोस्रो पटक न्यायाधीशहरूको सरुवा गरिएको हो।
यस्तो छ सरुवा सूची
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।