काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको कानुनी सल्लाहकारमा बाबुराम दाहाल नियुक्त भएका छन्।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी सल्लाहाकारका रुपमा दाहाललाई नियुक्त गरेका हुन्।
अधिवक्ताका रुपमा कानुनी अभ्यास गर्दै आएका दाहाल नेकपाकाे कानुन विभागमा थिए।
निर्वाचनकाे समयमा दल दर्तादेखि सम्पूर्ण कानुनी काम दाहालले गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।