सिन्धुली– सिन्धुलीको दुधौली नगरपालिका–१४ ककुरठाकुरमा गए राति बम बिस्फोट भएको छ। बम विस्फोटका कारण ३ वटा एक्साभेटरमा क्षति पुगेको छ।
सिरहाको चोर्हवास्थित मारुती सिमेन्ट उद्योगका लागि चुनढुंगा ओसारपसारका र बाटो बनाउन प्रयोग भइहेका एक्साभेटरमा बमले क्षति पुर्याएको प्रहरीको भनाइ छ।
सिमेन्ट उद्योगका लागि शिवम मल्टिपर्पसले चुनढुङ्गा सप्लाई गर्दै आएको छ।
शिवम मल्टिपर्पसका दीपक कार्कीले पनि ककुरठाकुरमा रहेको चुनढुंगा खानीसम्म पुग्न पहुँचमार्ग मर्मतका लागि प्रयोग गरिएका एक्साभेटरमा बमले क्षति पुर्याएको जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको जानकारी अनुसार उदयपुर र सिन्धुलीको सिमानामा पर्ने ककुरठाकुरमा एक्साभेटरलाई नै लक्षित गरी ३ बटा बम राखिएका थिए।
तीमध्ये एउटा बम विष्फोट भएको छ। अन्य दुई वटा वम हालसम्म पनि सोही अवस्थामा छन्।
बम डिस्पोजका लागि नेपाली सेनाको टोली उदयपुरबाट बोलाइएको एसपी चक्रबहादुर सिंहले बताए।
घट्ना कस्ले र किन गराएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ।
हालसम्म बम विस्फोटको जिम्मा कसैले लिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।