नेपाल लाइभ समाचार [भिडियो]

नेपाल लाइभ | २०७६ मङ्सिर ५ बिहीबार | Thursday, November 21, 2019 १९:५५:०० मा प्रकाशित

काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः

१) सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी)बीच विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष पूरा, संविधान निर्माण महत्वपूर्ण उपलब्धि, द्वन्द्वपीडितको व्यथा जस्ताको तस्तै।

२) एनसेल लाभकर विवादमा सर्वोच्च अदालतको पूर्णपाठ सार्वजनिक, एनसेलले सरकारलाई ३६ अर्ब कर तिर्नुपर्ने, कर तिरेपछि विवाद अन्त्य हुने सर्वोच्चको फैसला।

३) मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल, सरकारी लक्ष्य ६ प्रतिशत तर उपत्यकामा ८ दशमलव १४ प्रतिशत मूल्यवृद्धि, निर्माण सामग्रीको मूल्य भने घट्यो।

४) सागको स्विमिङ पुल निर्माण कार्य जारी, काम सकिन २ महिना लाग्ने कामदारको भनाइ, ५ दिनमै सकिने ठेकेदारको दाबी।

५) र, श्रींलकाका नवनिर्वाचित राष्ट्रपति गोताभायाद्वारा प्रधानमन्त्रीमा आफ्नै दाजु महिन्दा राजापाक्षे नियुक्त, संसदीय निर्वाचन नहुँदासम्म प्रधानमन्त्रीको जिम्मेवारी।

पूरा समाचार माथिको भिडियोमा