काठमाडौं- सरकाले राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स (नेपाल वायु सेवा निगम)को कार्यकारी अध्यक्ष मदन खरेललाई बर्खास्त गर्ने प्रक्रिया सुरु गरेको छ।
२०७५ भदौ ३१ गते ४ वर्षका लागि कार्यकारी अध्यक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीको डाठो प्रस्तावमा नियुक्त भएका खरेललाई हटाउने तयारी भएको छ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार खरेललाई काम गर्न नसकेर हटाउनु पर्ने अवस्था नआहोस् भन्दै स्वत: राजीनामा दिने समेत निर्देशन भइसकेको छ। प्रधानमन्त्री ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईलाई समेत नेपाल एयरलाइन्सको सुुधारका लागि आवश्यक कदम चाल्न निर्देशन समेत भइसकेको स्रोतको भनाइ छ।
प्रधानमन्त्रीको ग्रिन स्रिगल पाएसँगै मन्त्रालयले पनि खरेललाई हटाउने गरी कानुनी र कागजी प्रक्रिया सुरु गरेको छ।मन्त्रालयले खरेललाई स्पष्टीकरण सोध्ने गरी पत्र समेत तयार गरिसकेको छ।
खरेलले कार्यकारी अध्यक्ष हुँदा प्रधानमन्त्री समक्ष पेस गरेको सुधारको योजना कुनै पनि लागू गर्न नसकेको र भइरहेको काम पनि बिग्रने गरी आफुखुसी गरेपछि उनलाई हटाउने तयारी भएको हो।
मन्त्री भट्टराईले मन्त्रालयको जिम्मेवारी समालेसँगै निगम सुधारका लागि भन्दै अध्ययन गर्न बनाएको सुधार कार्यदलले समेत निगम सुधारका लागि व्यवस्थापनमै सुधार गर्नु पर्ने सुझाव दिएको थियो।
यति मात्रै नभई असार १६ गते नेपाल आर्मी अफिसर क्लबमा भएको नेपाल एयरलाइन्सको ६१औं वार्षिक उत्सव समारोहमा समेत निगम सुधारका लागि हस्तक्षेप गर्ने संकेत गरेका थिए।
त्यसपछि पनि खरेलले निगम सुधारका लागि कार्ययोजना पेस गर्नुको सट्टा अनावश्यक कामको प्रचार गर्दै पद जोगाउन मात्रै लागेका थिए।
खरेल अध्यक्ष भएर आउनु अगाडिसम्मको व्यवस्थापनले जहाज खरिदमा लिएको ऋणको किस्ता र ब्याज तिरेपनि उने सकेका थिएन। खरेल अध्यक्ष भएको पहिलो वर्ष नै निगम झन्डै २ अर्ब रुपैयाँमा घाटा गएपछि सरकारले उनको विकल्प खोज्न थालेको हो।
साथै खरेलले झन्डै २५ अर्ब रुपैयाँ खर्च गरेर भित्र्याएको दुई वटा वाइडबडी जहाज पनि पूर्ण रुपमा उडान गर्न नसेकेको सरकारको ठहर छ। साथै खरेलकै कारण आन्तरिक उडान पनि कमजोर भएको सरकारको ठहर छ।
यति मात्र नभई खरेलले निगमका कर्मचारीलाई अवसर दिँदा पनि आफैं नम्बर थपरे मनोमानी गरेको सरकारको आरोप छ। नेपाली पाइलटलाई अवसर दिनु पर्ने ठाउँमा समेत विदेशी पाइलट ल्याउँदै कमिसन खाने गरेको सरकारको आरोप छ।
खरेलमाथि केही व्यक्तिको सीमित स्वार्थमा ओसाका उडान गरेर नारिता उडान योजना रद्द गरेको दर्जनौं आरोप छ। साथै चीनको गौन्जाऔं उडानमा समेत कुनै पहल नगरेको सरकारको ठहर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।