नेपाल लाइभ समाचार [भिडियो]

नेपाल लाइभ | २०७६ मङ्सिर ६ शुक्रबार | Friday, November 22, 2019 १८:५०:०० मा प्रकाशित

काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः

१) प्रधानमन्त्री ओलीको ठाडो प्रस्तावमा नियुक्त भएका नेपाल एयरलाइन्सका अध्यक्ष खरेललाई बर्खास्त गर्ने तयारी, आरोप लगाएर निकाल्नु भन्दा राजीनामाको पखाईमा प्रधानमन्त्री।

२) थुनामा पठाउँने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध महरा पुगे उच्च अदातल, उच्चले मगायो प्रतिवेदन, धरौटीमा छोड्नेबारे अर्को पेशीमा निर्णय।

३) साग फुटबलमा नेपाल समूह ‘ए’ मा, पहिलो खेल दशरथ रंगशालामा बंगलादेशसँग खेल्ने, कवड्डी खेल कीर्तिपुरबाट हलचोकमा सारियो।

४) र, इजरायलका प्रधानमन्त्रीविरुद्ध भ्रष्टाचारको आरोप, कू गर्ने प्रयासको भएको प्रधानमन्त्री नेतन्याहुको तर्क, राजीनामा नदिने र कानूनी रूपमा त्यसो गर्न बाध्य नभएकोमा जोड।