नेपाल लाइभ समाचार [भिडियो]

नेपाल लाइभ | २०७६ मङ्सिर ७ शनिबार | Saturday, November 23, 2019 १९:३३:०० मा प्रकाशित

काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः

१) भारतले सार्वजनिक गरेको नयाँ नक्साप्रति नेपाल सरकारले जनायो औपचारिक विरोध, नक्सा सच्याउन माग गर्दै भारतलाई पत्र पठाई सकिएको नेकपा अध्यक्ष प्रचण्डको भनाइ ।

२) चितवनमा गरिमा धानको नक्कली बीउका कारण १० करोडभन्दा बढीको क्षति, २ हजार ६ सय ५२ कृषक पीडित, २० हजार कठ्ठाको क्षतिपूर्ति दिनुपर्ने ।

३) सिके राउत नेतृत्वको जनमत पार्टीले काठमाडौंमा मनायो रंगभेद विरुद्धको एकता दिवस, राउतको प्रश्न– हामी कहिलेसम्म आँप बनेर झरिराख्ने?

४) सागमा ८ वर्षपछि समावेश गरिएको क्रिकेट खेलमा पुरुषतर्फ नेपालको पहिलो प्रतिस्पर्धा श्रीलंकासँग, खेल डिसेम्बर ३ मा टियू मैदानमा हुने, प्रतिस्पर्धामा पाँच राष्ट्र । 

५) र, राजनीतिक अस्थिरताका साथै खडेरी र मौसमको प्रतिकूलताले हाइटीमा खाद्य असुरक्षा बढेको राष्ट्र संघको भनाइ, करिब ३७ लाख मानिस खाद्यान्न अभावको समस्यामा ।

अब पूरा समाचार तलको भिडियोमा