काठमााडौं- दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटका लागि पोखरा पल्टनले कुशल मल्ललाई सर्वाधिक मूल्यमा किनेको छ।
सोमबार भएको ड्राफ्टमा कुशललाई फ्रेन्चाइज टिम पोखरा पल्टनले १ लाख ५० हजारमा भित्र्याएको हो। उनलाई भित्र्याउन पोखरासँगै, चितवन राइनोज, विराटनगर टाइटन्स र बुटवल ब्लास्टर्सले इच्छुक देखाएका थिए।
मंसिर २८ देखि पुस १२ गतेम्म हुने दोस्रो संस्करणको पिपिएलका लागि ६ वटै फ्रेन्चाइज टिमले समान ३–३ खेलाडी रिलिज गर्दा समान २–२ खेलाडी किनेका हुन्।
साविक विजेता पोखराले कुशल मल्ल र आकाश चन्दलाई किनेको छ।
पोखराले आकाशलाई ५० हजारमा भित्र्याएको हो। पोखराले रिलिज गरेको खेलाडीमा दिपेश खत्री, विक्रम भूषाल, दिव्यांशु मालिक रहेका छन्।
यता, चितवन राइनोजले विक्रम सोबलाई चितवनले १ लाख ३० हजार र विक्रम भूषाललाई ५० हजारमा किनेको छ। चितवनले रिलिज गरेका खेलाडीमा शक्ति गौचन, स्वप्निल अधिकारी र आकाश थापा रहेका छन्।
एक्सपर्ट धनगढी ब्लुजले भने सुनाम गौत्तम र अनिल खरेललाई समान ५०-५० हजारमा किन्दा दिलिप नाथ, योगेन्द्रसिंह कार्की र सन्तोष भट्टलाई रिलिजमा परेका छन्।
यता, काठमाडौं गोल्डेनले भने सुवास खकुरेल र अमृत भट्टराईलाई समान ५०-५० हजारमा किनेको छ। काठमाडौंबाट नरेश बुढाऐर, सुमित झा र सुधिर चौधरीलाई भने रिलिज गरिएको छ।
यता, बुटवल ब्लास्टरले भने शेर मल्ललाई ५० र कमल खत्रीलाई ३० हजारमा आफ्नो टिममा अनुबन्धित गरेको छ। सागर पुन, अनिल खरेल र प्रकाश केसी पनि रिलिज भएका छन्।
त्यस्तै, विराटनगर टाइटन्सले दिलिप नाथलाई ७५ र लोकेश बमलाई ५० हजारमा टिममा भित्र्याएको छ। यसैगरी, जितेन्द्रसिंह ठकुरी, रोविन जोशी र हिमांशु दुत्तालाई रिलिजमा परे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।