जुरिच- स्विटजरल्यान्डमा रहेका डा. विनय श्रेष्ठले गैरआवासीय नेपाली संघ (एनआरएन) को युरोप संयोजकमा उम्मदेवारीको घोषणा गरेका छन्।
संघका स्विटजरल्यान्ड संस्थापक उपाध्यक्ष एवं पूर्व अध्यक्षसमेत रहेका डा. श्रेष्ठले बुधबार आफ्नो उम्मदेवारी घोषणा गरेका हुन्।
हाल स्विटजरल्याण्डको जुरिचस्थित क्यान्सर अस्पतालमा रेडिएसन अंकोलोजी विशेषज्ञका रुपमा कार्यरत डा. श्रेष्ठ एनआरएनका वर्तमान आइसिसी सदस्यसमेत हुन्।
नेपालबाट एमबिबीएस अध्ययन पूरा गरेका श्रेष्ठले स्विटजरल्यान्डबाट एमडी गर्नुका साथै बायोमेडिकल इञ्जिनियरिङमा स्नातकोत्तर गरेका छन्। उनले स्विटजरल्यान्डबाटै एफएमएच रेडियोलोजीमा विशेषज्ञता हासिल गरेका हुन्।
१४ वर्षदेखि स्विटजरल्यान्डमा कार्यरत उनी क्यान्सर रोग विशेषज्ञ हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।