नेपाल लाइभ समाचार [भिडियो]

नेपाल लाइभ | २०७६ मङ्सिर १२ बिहीबार | Thursday, November 28, 2019 १९:३०:०० मा प्रकाशित

काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः

१) प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, सामान्य हिँड्न सक्ने अवस्था रहेको अस्पतालको भनाइ, ट्वीटर ह्यान्डल मार्फत् आफ्नो स्वास्थ्यमा सुधार भइरहेको समेत प्रधानमन्त्रीद्वारा जानकारी। 

२) पछिल्लो समय बढ्दै गएको सवारी दुर्घटनाका विषयमा राष्ट्रपति भण्डारीद्वारा चिन्ता व्यक्त, दुर्घटना हुन नदिन सम्बद्ध सबै पक्षको सावधानी आवश्यक रहेको उल्लेख।

३) अख्तियारद्वारा यातायात व्यवस्था कार्यालयका शाखा अधिकृतसहित ५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर, रिकन्डिसन हाउसका प्रतिनिधि मार्फत ३ हजारका दरले घुस लिएको पुष्टि। 

४) १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को सम्पूर्ण तयारी पूरा, मंसिर १५ गते राष्ट्रपति भण्डारीबाट भव्य समुद्घाटन गरिने। 

५) र‚ अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा हङकङका प्रदर्शनकारीलाई समर्थन गर्ने विधेयकमा हस्ताक्षर, चीन र हङकङका जनताप्रति सम्मानस्वरूप नयाँ कानूनमा हस्ताक्षर गरेको भनाइ।

पूरा समाचार माथिको भिडियोमा