काठमाडौं- भारतीय शिक्षाविद् गिजुभाईका दुईवटा पुस्तकको नेपाली अनुवाद प्रकाशित भएको छ।
आमाबाबु र अभिभावकले बालबालिकासँग कसरी व्यवहार गर्ने भन्ने विषयमा केन्द्रित रहेका दुई पुस्तक प्रकाशित भएको हो।
‘आमाबाबुको भूमिका’ र ‘आमाबाबुका प्रश्न’ नामक दुई पुस्तककको नेपाली अनुवाद पत्रकार एवं लेखक कृष्ण गिरी र घनेन्द्र ओझाले गरेका हुन्। पहिलो पुस्तक गिरीले र दोस्रो ओझाको नेपाली भावानुवादलाई इन्डिकगो इन्कले प्रकाशन गरेको हो।
इन्डिगोले यसअघि गिजुभाईका बालबालिकासँग सम्बन्धित आधा दर्जन पुस्तक प्रकाशित गरिसकेको छ। दुवै पुस्तकको मूल्य समान २ सय ४९ रुपैयाँ रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।