नेपाल लाइभ समाचार [भिडियो]

नेपाल लाइभ | २०७६ मङ्सिर १३ शुक्रबार | Friday, November 29, 2019 १९:४६:०० मा प्रकाशित

काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः

१) प्रधानमन्त्री ओली अझै एक साता अस्पतालमै रहने चिकित्सकहरुद्वारा जानकारी, दश दिनपछि मात्र नियमित काममा फर्कन सक्ने, स्वास्थ्य अवस्थामा सुधार। 

२) भौगोलिक अखण्डताको रक्षा आवेग र उत्तेजनाबाट नहुने नेकपा अध्यक्ष प्रचण्डको भनाई, वार्ता र संवादबाट सीमा विवाद सुल्झाउनु पर्नेमा जोड।

३) अर्थमन्त्री डाक्टर खतिवडाद्वारा नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई आग्रह, औषत ७ प्रतिशत आर्थिक वृद्धि भएको उल्लेख गर्दै लगानीको वातावरण बनेको दाबी। 

४) सहिद स्मारक ए डिभिजन लिग फुटबल मंसिर २८ गते बाट सुरु हुँदै, एन्फाद्वारा टाइसिट ‘ड्र’समेत सार्वजनिक, पहिलो खेलमा मच्छिन्द्र र ब्रिगेड ब्वाइज भिड्ने।

५) र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पूर्वघोषित कार्यक्रम बिनै अफगानिस्तानमा, तालिवानको चाहनाअनुसार वार्ताका लागि अमेरिका तयार रहेको भनाइ।