कास्की क्षेत्र नं. २ नेकपा अघिअघि, पछ्याउँदै कांग्रेस

नेपाल लाइभ | २०७६ मङ्सिर १५ आइतबार | Sunday, December 01, 2019 ०९:०१:०० मा प्रकाशित

काठमाडौं- प्रतिनिधि सभाका लागि उपनिर्वाचन भएको एक मात्र निर्वाचन क्षेत्र कास्की २ मा मदगणना जारी छ।

शनिबार मतदान सकिए लगत्तै सुरु भएको मदगणनाको पछिल्लो अपडेट अनुसार त्यहाँ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अग्रता लिइरहेको छ भने प्रमुख विपक्षी नेपाली कांग्रेसले पछ्याइ रहेको छ।

निर्वाचन आयोगका अनुसार मदगणनामा नेकपा उम्मेदवार विद्या भट्टराईले ६ हजार ७९५ मत प्राप्त गरेर अग्रता लिइरहेकी छन्।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार खेम राज पौडेलले ३ हजार ९४ मत ल्यार उनलाई पछ्याइरहेका छन्। अन्य उम्मदेवारले भने निकै कम मत प्राप्त गरेका छन्।