काठमाडौं- धरान उपमहानगरपालिका प्रमुखका लागि शनिबार भएकाे मतदानकाे मतगणना अहिले जारी छ।
प्रारम्भिक मतगणनामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख विपक्षी नेपाली कांग्रेसबीच कडा प्रतिष्पर्धा देखिएको छ।
निर्वाचन आयोगको पछिल्लो जानकारी अनुसार नेकपाका उम्म्देवार प्रकाश राईले ४५ सय ७४ मत ल्याएका छन्।
कांग्रेसका तिलक राईले ४५ सय १७ मत प्राप्त गरेका छन् । उनीहरुबीच ५७ मतको अन्तर छ । अहिलेसम्म धरानमा उपमहानगरपालिकाका ४ वटा वडाको मत गणना सम्पन्न भएको छ।
अहिलेसम्म वडा नं. १७, १८, १९ र २० को मत गणना सकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।