पाेखरा- प्रतिनिधि सभातर्फ कास्की निर्वाचन क्षेत्र नं. २ काे मतगणना जारी छ। पछिल्लाे मत परिणामअनुसार अहिले नेकपाकी उम्मेदवार विद्या भट्टराई नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलभन्दा ४५८३ मतले अघि छन्।
भट्टराईले आफ्नो वडासहित भरतपोखरी ३३, निर्मलपोखरी र कृस्तीनाँच्ने चौर २१ र भलाम, मौजा २० मा कांग्रेसका उम्मेदवारलाई पछिपार्न सफल भएकी हुन्।
भट्टराईले वडा नं ३१ मा ३२७६ मत र वडा नं २१ मा ३५२३ र २० मा १४ सय ६६ मतगरी कूल ८ हजार २ सय ६५ मतका साथ अग्रता लिएकी छन्।
उनलाई कांग्रेसका उम्मेदवार पौडेलले ३ हजार ६ सय ८२ मत ल्याएर पछ्याइरहेका छन्। त्यस्तै समाजवादी पाटी नेपालका धर्मराज गुरुङले १७२ मत तथा साझा पार्टीकी रजनी केसीले ९० मत ल्याएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।